७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले पद बहाल गर्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीले आज पद बहाल गर्दै हुनुहुन्छ । 

एमाले कार्यलय सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओलीले दिउँसो एक बजे माईतिघर स्थित केन्द्रीय कार्यलयमा पद बहाली गर्ने कार्यक्रम तय भएको छ ।

चितवनमा भएको १० औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित हुनु भएको थियो । उहाँले प्रत्यासी  भीम रावललाई भारी मतले पछि पार्दै दोस्रो कार्यकालका लागि एमालेको नेतृत्व लिनु भएको हो । 

अध्यक्ष ओलीले १८४० मत प्राप्त गर्नुभएको थियो भने  रावलले २२३ मत प्राप्त गर्नुभएको थियो ।