७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय सदस्यमा अब्दुल सत्तारको उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य समेत चुनिनु भएका सतारले पार्टीका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि आफूले केन्द्रमा गएर महत्वपूर्ण भूमिका निर्बाह गर्नका लागि उम्मेदबारी घोषणा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो "अझै पनि क्षेत्रीय तहबाट मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुन सकेको छैन , भोलिका दिनमा हरेक तहमा प्रतिनिधित्व सुनिश्चित गराउनका लागि अगाडी बढेको छु साथीहरुले बिश्वासले गरेर बिजयी बनाउनु हुने छ ।"  पछिल्लो समय कांग्रेसमा युवापुस्ताको आकर्षण बढ्न सकेको भन्दै सत्तारले भन्नुभयो  "युवा पुस्तालाई कांग्रेससँग जोड्न सकेमात्र आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ बिजयी गराउन सकिन्छ त्यसका लागि युवा जोश र जाँगरलाई कांग्रेससँग जोड्नका लागि मैले केन्द्रीय सदस्यमा उम्मेदबारी  दिने निर्णय गरेको हुँ ।"

तल्लो तहको अधिवेशनका क्रममा सिंगो मुस्लिम समुदायको प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका जारी भएपछि पार्टीको नीति र सिद्धान्त अनुसार व्यबहार नभएको भन्दै मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चितताका लागि संघको अध्यक्ष सत्तारको अगुवाईमा दबाब मुलुक आन्दोलन भएपछि वडा तहबाट प्रतिनिधित्व सुनिश्चित भएको थियो । कांग्रेसको बिधान अनुसार मुस्लिम आरक्षण तर्फबाट एक जना सहमहामन्त्री, दुई पुरुष सदस्य, एक महिला सदस्य गरी केन्द्रीय समितिमा चार जनाको प्रतिनिधित्व हुने व्यबस्था छ।