२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियोगका कर्मचारी तिदैनन् कर, पहुँचवालालाई मन्त्रिपरिषदबाटै छुट



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रलाय र अन्य मन्त्रालयबाट विदेशस्थित नेपाली नियोगका कर्मचारीले १० वर्षदेखि सरकारलाई कर नबुझाएको पाइएको छ। कर नतिर्नेलाई सरकारले दण्डित गर्नुपर्नेमा आधिकांश कर्मचारी वर्षेनि पुरस्कृत हुने सूचीमा छन्।

वैदेशिक भ्रमण पाउने भत्ता रकममा आयकर ऐनअनुसार कर तिर्नुपर्नेमा छली गर्ने शृंखला विगत १० वर्षदेखि चलेको देखिन्छ। सरकारले ती कर्मचारीबाट १०वर्षमा १८ करोड ६० लाख ९८९ रुपैयाँ कर उठाउन सकेको छैन्। कर नतिर्नेमा अधिकांश परराष्ट्र मन्त्रलायका कर्मचारी रहेको खबर राजधानी दैनिकमा छ।
राजदूतले नै तिदैनन् विभिन्न स्थानमा रहेका नेपाली नियोगमा राजनीतिक नियुक्ति र परराष्ट्र सेवाबाट जो कुनै पनि राजदूतले वितेका १० आर्थिक वर्षमा सरकारलाई वैदेशिक भत्तामा लाग्ने कर बुझाएका छैनन्। कूटनीतिक नियोगमा कार्यरत कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर लामो समयदेखि नबाझाएपछि अर्थ मन्त्रालयले कर्मचारीलाई तलब उपलब्ध गराउँदा वैदेशिक भत्तामा लाग्ने कर कटाएर मात्र उपलब्ध गराउनु पर्ने प्रावधान बनायो। यस्तो प्रावधान गत आर्थिक वर्ष अर्थात् १ साउन २०७४ बाट लागू भएको छ।

पहुँचवालाईलाई मन्त्रपिरिषदबाटै छुट आर्थिक वर्ष २०५८(५९ देखि २०६३(६४ सम्म कूटनीतिक कर्मचारीले सरकरालाई बुझाउनुपर्ने वैदेशिक भत्तामा लाग्ने कर थुप्रएिर १२ करोड पुगेको थियो। पहुँचवाला परराष्ट्रका कर्मचारीले सरकरो नेतृत्व गर्ने राजनीतिक दलको नेतृत्वलाई रिझाएपछि १ साउन २०६३ मा बसेको मन्त्रिपरिषद् बैठकमले उक्त आर्थिक वर्षसम्मको कूटनीतिक कर्मचारीले तर्नि बाँकी कर छुट दिने उक्त रकम एकमुष्ट अर्थमन्त्रलायले दाखिला गर्ने र आगामी दिनमा यस्तो कर कर्मचारीले तिर्नुपर्ने निर्णय गर्यो।