२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको खोलामा भारतीयको दादागिरी, सरकार मौन



अ+ अ-

विराटनगर । मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगियाखोलामा भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै आएको पाइएको छ । वर्षैभरि करिब चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बाँसको कच्ची पुल बनाएर आउजाउ गर्नेसँग रकम लिँदै आएका छन् ।

छिमेकी भारतको बिहार प्रान्तको फूलकाही निवासी ७५ वर्षीय रामले सो खोलामा ३२ फिट लामो कच्ची पुल बनाएर स्थानीयबासीबाट रकम लिने गरेका हुन् ।

सो कच्ची पुल भएर दैनिक २ हजारको हाराहारीमा सर्वसाधारण आउजाउ गर्ने गरेको उनीहरु बताउँछन् । स्थानीयबासीले कच्ची पुल तिरेबापत रामलाई वर्षेनी प्रति परिवार एक मनसम्म धान र गहुँ दिने गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएका छ ।