काठमाडौं । बाजुराको बिमानस्थलमा बुधबार दिउसो अनौठो दृश्य देखियो । बिमानस्थलमा यात्रुहरु सकि नसकि बिमानलाई मोटर स्टार्ट नहुदा धकेले जस्तै गरेर धकेल्दै थिए । बिमान केही पर सरेपछि यात्रुहरु रमाउथे ।
यात्रुहरुले तारा एयरको जहाज धकल्दै केही पर सम्म लगे । हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । अबतरण गरेपछि बिमानको पछाडिको टायर पड्कियो ।
जहाजका कारण ट्याक्सी–वे अवरुद्ध भयो । जसका कारण अन्य बिमानले उडान गर्न कठिनाई भयो । गन्तब्यमा पुग्न तयार भएर बसेका यात्रु अलमलमा परे । त्यसपछि उपाय निस्कियो सबे जना मिलेर बिमानलाई धकल्दै केही पर सम्म पुर्योउने ।अनि यात्रु, सुरक्षाकर्मीहरु मिलेर बिमानलाई केही पर सम्म पुर्योए र किनारा लगाए । सामाजिक संञ्जालमा राखिएको यो भिडियो अहिले भाईरल बनेको छ ।












