२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले पाकिस्तानमाथि हमला गरेमा मोदीको जीन्दगीको सबैभन्दा ठूलो भुल हुनेछ :पूर्वराष्ट्रपति मुशर्रफ



अ+ अ-

नयाँ दिल्ली । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले भारतले पाकिस्तानमाथि हमला गरेमा मोदीको जीन्दगीको सबैभन्दा ठूलो भुल हुने बताएका छन् ।

बिहिबार इन्डिया टुडेसँग कुराकानी गर्दै मुशर्रफले भारतले पाकिस्तानसँग मुकाबिला गर्न नसक्ने भन्दै पाकिस्तानलाई धम्की दिन बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले पुलवामा केन्द्रीय रिजर्भ पुलिस बलका ४० जना जवानको ज्यान जाने गरी भएको हमलामा पाकिस्तानको इमरान सरकारको कुनै पनि प्रकारको संलग्नता नभएको जिकिर गरे ।

उनले उक्त हमला चरमपन्थी संगठन जैश ए मोहम्मदले गराएको स्वीकार गरेपछि पाकिस्तानमाथि धावा बोल्नु बेबकुफी भएको बताए । उनले भने, ‘आक्रमणकारी जैशप्रति मेरो कुनै संवेदना छैन । उसलाई पाकिस्तानमा प्रतिवन्ध लगाउनुपर्छ । जैशले ममाथि पनि हमला गर्ने कोषिस गरेको थियो ।’

हमलापछि भारतमा बनेको उक्साउने खालको माहोल साथै टेलिभिजनमा प्रशारण गरिएका पाकिस्तानप्रतिको गालीप्रति उनले खेद प्रकट गरे । उनले भने,‘ भारतीय प्रधानमन्त्री मोदीले उनको दिलमा आगो बलिरहेको बताए । तर यदि कश्मिरमा कसैको मृत्यु हुन्छ भने सबैभन्दा धेरै आगो मेरो मनमा बल्छ । जब कश्मिरको बच्चाको आखामा गोली लाग्छ मेरो आखाँमा आशुँ आउँछ ।’

भारत प्रशासित कश्मिरमा गत हप्ताको बिहिबार भएको आत्मघाती आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस बलका ४० जवानको मृत्यु भएको थियो ।




भर्खरै