२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाडा बृद्धिको माग गर्दै ट्याक्सी चालक, हजारौ चालक कारबाहीमा



अ+ अ-

काठमाडौं । ‘‘अहिलेको भाडादरले हातमुख जोड्न गाह्रो भयो । ट्याक्सी नचलाउ भने पेटको माया, बढी भाडा लिउ भने कानुन नै भीमकाय’’ राजधानीको लैनचौरस्थित सडक किनारामा ग्राहक कुरेर बसेको एक मिटरट्याक्सीको पछाडि भागमा टाँसिएको प्रचारमा लेखिएको यो सन्देशले बाटोमा ओहोर–दोहोर गर्ने धेरैको आँखा तान्यो ।

ट्याक्सी चालक रामबहादुर गुरुङले भन्नुभयो, ‘‘यो सन्देश भाडा बृद्धिको माग गर्दै लेखिएको हो ।” मिटरमा गुड्दा तेल खर्च नउठ्ने भएकाले सेवाग्राहीलाई मिलाएर भाडा दिनुहोस् भन्दा ट्राफिक प्रहरीले कारवाही गर्ने भएकाले ट्याक्सीको पछाडि भागमा यस्तै नारा लेखिएको उहाँको भनाइ छ ।

काठमाडौं उपत्यकामा गुड्ने अधिकांस ट्याक्सी चालकहरुले भाडाबृद्धिको माग गर्दै ट्याक्सीको अगाडि तथा पछाडि भागमा विभिन्न किसिमका सन्देश मूलक नारा लेखिएको प्रचासहित गुडिरहेका छन् । विगतमा सडक जामदेखि धर्नासम्मका विरोध कार्यक्रम सञ्चालन गर्यौ, तर कही कतैबाट सुनुवाई नै नभएको भन्दै नेपाल मिटर ट्याक्सी ब्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले थप्नुभयो,‘‘ चालकहरूले बाध्य भएर यस किसिमको आन्दोलन शुरु गरेका हुन् ।’’

ट्याक्सी ब्यवसायका विषयमा सम्वन्धित निकायहरु मौन छन् । सर्वसाधारणको सुविधाका लागि न्यूरोड धर्मपथस्थित रात्रीकाली ट्याक्सी सेवा काउण्टरसमेत भत्काइ दिएको गुनासो उहाँको छ । यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ उपत्यकामा करीव २५ हजार मिटर ट्याक्सी सञ्चालनमा छन् । मिटर शुरु हुने वित्तिकै १४ रुपियाँ र प्रति किलोमिटर ३९ रुपियाँ उठ्ने ब्यवस्था छ । सो व्यवस्था विपरीत मनपरी भाडा लिने चालकलाई कारवाही स्वरुप तीन हजार रुपियाँ जरिवाना हुने गरेको छ ।

यातायात विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले ट्याक्सीको भाडादर परिवर्तन गर्ने विषयमा विभाग सहमत रहेको बताउनुभयो । ‘‘सरकारले भाडा बढाएको छैन भन्न मिल्दैन । यो आर्थिक वर्षमा पनि भाडा बढेको छ’’, उहाँले भन्नुभयो,‘‘ब्यवसायीहरूको माग अनुसार बढेकै छ । ’’

ट्याक्सी चालकहरूले आफूखुशी भाडादर तोक्न थालेपछि ट्राफिक प्रहरीले कारवाहीलाई तिब्र पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्तले मिटर प्रयोग नगर्ने र विगारेर प्रयोग गर्ने ट्याक्सीलाई कारवाही अभियान चलाएको बताउनुभयो । आइतबारसम्ममा सातहजार ५३० वटा ट्याक्सी कारवाहीमा परेका छन् । गोरखा पत्र दैनिकमा खबर छ।