५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री हेरफेरको तयारीमा ओली र प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी(मन्त्री) हेरफेर गर्ने तयारी सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्री हेरफेर गर्ने भद्र सहमति भएको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।

सरकार गठनपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमतिबमोजिम पुरानालाई फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य अघि बढाइएको हो।

सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै जनस्तरमा आलोचना भइरेका वेला आइतबार ओली र दाहालबीच भैँसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि काम प्रभावकारी बनाउने सहमति जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए।

उनका अनुसार मन्त्रीहरूले प्रधानमन्त्री ओलीको मूल ‘स्प्रिट’लाई पक्रिन नसकेकाले फिर्ता बोलाउन लागिएको हो। सरकारमा प्रधानमन्त्रीसहित नेकपाका २२ र संघीय समाजवादीका तीन मन्त्री छन्। नेकपाका तर्फबाट तनीन राज्यमन्त्री छन्।