सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको छ ।
मुख्यमन्त्री शाहीले मंगलबार विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै बुधबारका लागि सारिएको थियो । तर बुधबार पनि एमाले सांसदहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका छन् ।
यता, प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले एमाले अनुपस्थित हुनुलाई आफूले सहयोगकै रुपमा बुझेको बताएका छन् ।












