२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घूस उठाउन तीनकुनेको एक घर बन्यो अख्तियार आयुक्तको ‘अखडा’



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ ।

पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यहाँ राखेर विभिन्न पक्षसँग मोलमोलाइ गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो।

‘उहाँका बारेमा अनेक गुनासा आएपछि हाम्रो सुरक्षाकर्मीको टोलीले केही समय निगरानी गरेको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरूले विभिन्न व्यक्तिलाई धम्क्याउने, रकम उठाउनेलगायत काम गरिरहेको खुल्यो । केही कर्मचारी हाम्रो निगरानीमा छन् ।’ उक्त अखडामा तीन व्यक्तिले काम गरिरहेका थिए।

तीमध्ये एक जना नापी विभाग र अर्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । तेस्रो व्यक्ति नापीका पूर्वकर्मचारी हुन् । शैक्षिक प्रमाणपत्रमाथि छानबिन चलेपछि उनले राजीनामा दिएका थिए । ‘आयुक्त पाठकको इसारामा चल्ने उनीहरूले तराईका ८ जिल्लामा १० हजार रुपैयाँदेखि ५ लाखसम्म उठाउँदै गरेको भनी बारम्बार हामीकहाँ उजुरी परेको छ,’ स्रोतले भन्यो, ‘उनीहरू हाम्रो उच्च निगरानीमा छन् ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ ।