२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल



अ+ अ-

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो । यस्तै बाँसबारी भने पुल्चोक स्पोर्टस् क्लबसँग पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा झम्सिखेल युथ र नयाँबस्ती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसोे ३ः३० बजे हुने खेलमा नयाँबस्ती पहिलो जितको खोजीमा हुनेछ । लिगको पहिलो खेलमा नयाँबस्ती आरसिटीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । झम्सिखेल भने लगातार दोस्रो जितको खोजिमा रहेको छ । झम्सिखेलले लिगको उद्घाटन खेलमा ब्वाइज युनियन लाई १–० ले पराजित गरेको थियो ।

राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुई समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । एन्फाले १२ टोलीलाई दुई समूहमा विभागन गरेको छ । समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।

यस्तै समूह ’बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लब छन् । लिगको विजेताले रु आठ लाख पाउने छ । उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् । लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।