२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूध बेचेरै मासिक २२ लाख



अ+ अ-

काठमाडौं । गोरखको पालुङटार नगरपालिका च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि व्यावसायिक रुपमा गाई पादलन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन् ।

जसमध्ये १३० दुहुना छन् । एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन् । ३० लिटर दूध दिने गाईलाई दिनमा ३ पटक दुहुने गरिएको छ । फार्ममा दैनिक १४ सयदेखि १४ सय ५० लिटरसम्म दूध उत्पादन हुने गरेको छ । फार्ममा नै चिस्यान केन्द्र राखेका उनले प्रतिलिटर ५३ रुपैयाँमा भक्तपुरको खरिपाटी डेरीमा दूध बिक्री गर्छन् । आम्दानीबाट खर्च कटाएर न्यूनतम ३ लाख रुपैयाँ नाफा हुने पन्तले बताए ।

फार्मका लागि ३ सय ४० रोपनीमा १८ किसिमका घाँस खेती लगाइएको छ । १७ रोपनीमा १३ गाई गोठ, प्रशिक्षण केन्द्र, दाना उत्पादन घर, चिस्यान केन्द्र छ । पशुपालनमा आधुनिकीकरण गर्दै उनले मेसिनबाट दूध दुहुने गर्छन । ‘दूध दुहुने मेसिन ४ वटा, छन् । ६ जनाले २ घन्टामा दुहेर सक्छन्,’ उनले भने । यो समाचार कारोबार दैनिकमा छ ।