७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको एकता महाधिवेशन सुरु ( लाईभ)



अ+ अ-

काठमाडौ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा० को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशन मा  झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

यो महाधिबेशनले राप्रपाको नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वको लागि बर्तमान अध्यक्ष कमल थापार पूर्ब महामन्त्री एबं राप्रपामा एक मात्र सांसद राजेन्द्र लिङदेनले उम्मेदबारी घोषणा गर्नुभएको छ । दुई अध्यक्षहरु पशुपतिशमशेर राणा मौन जस्तै रहनु भएको छ भने डा. प्रकाशचन्द्र लोहनीले लिङदेनलाई सार्थन गर्नुभएको छ ।  महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ  ।