२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानीको बाँकी काम इटालियन कम्पनीलाई



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्न साविकको इटालियन ठेकेदारसँगको सम्झौता अन्त्य गरेर नयाँलाई जिम्मेवारी दिइने भएको छ । यसको जिम्मेवारी भने इटालियन कम्पनीकै सब कन्ट्र्याक्टरलाई दिने सम्भावना रहेको आयोजना स्रोतले जनाएको छ ।

आयोजना समाप्त नहुँदै काम छोडेर भाग्न खोजेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गरेको पत्राचारमा सीएमसी मौन बसेपछि पुरानो ठेक्का विधिवत तोडिन लागेको हो ।

खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीले जवाफ नपठाएपछि ठेक्का तोड्न बाटो खुलेको जनाएको छ । एकतर्फी खारेज गर्दा भोलिका दिनमा कानुनी झमेला आउनसक्ने भएपछि सरकारले स्प्ष्टीकरण सोधेर विधिवत ठेक्का अन्त्यको बाटो खोलेको हो । यो समाचार आजको कारोबार दैनिकमा खबर छ।