७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा बस्दिन: भीम रावल



अ+ अ-

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नु भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतहः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनु भएको हो । मंगलबार  नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रिय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहो-याउँदै त्यसमा सपथ लिन नसक्ने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्षका उम्मेदवार रावलले भन्नुभयो, ‘मैले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए सपथ लिन्छु । अरुमा त मैले भेरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अव प्रतिनिधिहरुले मत दिएनन भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रिय सदस्यमा उम्मेदवार नदिएकाले सपथ नलिएको पनि स्मरण गराउनु भयो । उहाँले महाधिवेशनको मत परिणाम २ घण्टा भित्रै आउने आफूले अपेक्षा गरेको पनि बताउनु भयो । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो ।