७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित



अ+ अ-

काठमाडौं ।नेपाली काँग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित  हुनु भएको छ । सभापति शेरबहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त  गरी निर्बाचित हुनु भएको हो । थापाका निकटतम प्रतिद्वन्द्वी अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याउनु भएको थियो ।

यस अघि पनि थापा भक्तपुर सभापति हुनुहुन्थो । यसैगरी उपसभापतिमा पनि थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित हुनु भएको छ ।  सचिवमा पनि सोही समूहकै सुशिल बस्नेत र राजेश खड्का सहसचिवमा  यादव प्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपाने बिजयी हुनु भएको छ ।