२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः काँग्रेस सडक आन्दोलनमा



अ+ अ-



काठमाडौं । अन्ततः प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारका विरुद्धमा सडक आन्दोलन गर्ने भएको छ । काँग्रेसको आज बसेको केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो । सरकारले एकपछि अर्काे गर्दे लोकतन्त्रविरोधी काम गरेको, विपक्षीलाई विश्वासमा लिन नसकेको, गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाका नाममा स्थापना भएका अस्पताललाई पनि स्थानीय स्तरमा सञ्चालनको मात्र व्यवस्था गर्न लागेको तथा हालै भएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेताको अनुपस्थितिमा नै आफूखुशी निर्णय गरेको अरोप काँग्रेसको छ ।

सो पार्टीको आज बसेको बैठकले चारबुँदे निर्णय गरेको छ, जसमा सरकारसँगै सभामुखमाथि समेत प्रश्न उठाइएको छ । कांग्रेसका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका दुई अस्पताललाई सरकारले विघटनको संघारमा पु¥याएको आरोप लगाएको छ । सरकारले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर यो काम गरेको आरोप काँग्रेसको छ । बैठकको निर्णयमा भनिएको छ, सरकारले आफ्नो गलत एवं पूर्वाग्रही निर्णय तत्काल सच्याओस् ।’

सभामुखले संसदीय परम्परा र मर्यादा अनुरुप सहमतिबाट निकास नखोजेको कांग्रेसको आरोप छ ।

कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीको जीवन रक्षाप्रति गम्भीर बन्न सरकारलाई सचेत गराएको छ । भोलिको संसद बैठकमा डा. केसीसँग सरकारले गरेको सम्झौताविपरित चिकित्सा शिक्षा विधेयक पारित गराउने काम बलजफ्ती गरेमा आइतबार शनिबार बस्ने काँग्रेसको केन्द्रीय समितिले सडक आन्दोलनका चरणबद्ध कार्यक्रमहरु घोषणा गर्ने जनाइएको छ ।






सम्बन्धित समाचार
भर्खरै