२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनको तालीममा पैसाको खोलो, शुल्क झन्डै रु तीन लाख



अ+ अ-

काठमाडौँ । ललितपुरमा पहिलोपटक ‘क्यू ग्रेडिङ’ तालीम हुन लागेको छ । तालीमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा हुनुुहुन्छ । माघ २९ देखि फागुन २ सम्म आयोजना हुन लागेको उक्त तालीम कफी एकेडेमी, ललितपुरमा सञ्चालन हुन लागेको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीका अध्यक्ष डा राजकुमार बञ्जाराले तालीममा सहभागी प्रशिक्षार्थीले जनही तीन दिनको रु दुई लाख ८७ हजार ५०० भुक्तानी गर्नुपर्ने जानकारी दिए ।

नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नति र अन्तर्राष्ट्रिय बजारमा कफी प्रवद्र्धन गर्नसक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो । अमेरिकाको कफी क्वालिटी इन्ष्टिच्यूट र स्पेशल्टी कफी एशोसिएशनसँगको सहकार्यमा नेशनल कफी एकेडेमीले सो तालीमको आयोजना गरेको हो ।

नेपालमा अराविका जातको कफी खेती हुँदै आएको छ । चिया तथा कफी विकास बोर्डले वार्षिक ८०० मेट्रिक टन कफीको माग भए पनि यहाँ मात्र ५१३ मेट्रिक टन कफी उत्पादन हुने जानकारी दिएको छ ।

नेपालको ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गरेका छन् आर्थिक वर्ष २०७४÷७५मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो भने सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको निर्यात गरिएको थियो भने रु छ करोड ५८ लाख ९१ हजार आयात गरिएको थियो ।