२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला क्रिकेट टीम स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । एसीसी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा थाइल्याण्डसँग पराजित भई उपविजेता बन्नेको नेपाली महिला क्रिकेट टीम आइतबार स्वदेश फर्किएको छ ।

आइतबार फर्केका टोलिको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

स्वदेश फर्किएपछि महिला टिमका प्रशिक्षक विनोद दासले नतिजा सन्तोषजनक नै भएको बताए । उनले आफ्नो लक्ष्य उपाधि जित्ने राखे पनि थाइल्याण्ड नेपाल भन्दा हरेक पक्षमा बलियो भएकाले उक्त लक्ष्य पूरा नभएको बताए । उनले प्रयाण्त प्रशिक्षण नहुदा सोचे अनकुल खेल्न नसकेको बताएका छन् । पूर्बधारको अभावमा यतिको स्थानसम्म पुग्नु भनेको सकारात्मक रहेको दासले बताए ।

दासले भने, ‘हामीले नतिजा राम्रै ल्यायौं, हाम्रो लक्ष्य भनेको उपाधि थियो तर सकेनौं । हामी भन्दा थाइल्याण्ड हरेक पक्षमा बलियो छ’ ।

अहिलेको प्रतियोगिता एक महिनापछि थाइल्याण्डमा हुने महिला विश्वकप छनोट खेल तयारीको राम्रो मौका भएको प्रशिक्षक दासको भनाइ छ । उनका अनुसार अब केहि दिन क्याम्पमा रहेर हरेक पक्षलाई सरधार गरेर जाने योजना बनाएको बताएका छन् ।

उनका अनुसार ‘विश्वकप छनोट करिब एक महिनापछि हुने भएको कारणले १५/२० दिनको क्याम्पमा आफ्नो टिममा भएको कमजोरी सुधार्न सकिने बताएका छन् ।