२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुआब्जाको माग गर्दै नुवाकोट बन्द आह्वान



अ+ अ-

नुवाकोट। मुआब्जाको माग गर्दै गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दाले आज नुवाकोट बन्द आह्वान गरेका छन् । बन्दका कारण नुवाकोट सदरमुकाम आउने र रसुवा जाने यातायातको साधन ठप्प भएको छ ।

बिहानदेखी बन्द कर्ताले चाचेक चोकमा टायर बल्नुका साथै यातायात चलाउन ठप्प पारेपछि ढुंगेबजार, विदुर, बट्टार, गंगटे बजार ठप्प भएको छ ।
बन्दका कारण शैक्षिकसस्था,बजार कलकारखाना लगाएतका क्षेत्रहरु बढि प्रभावित भएका छन् ।

सरकारले सडकका दायाँबायाँ पर्ने जग्गको मुआब्जा नदिएसम्म आन्दोलन जारी राख्ने समितिका संयोजक लीलानाथ न्यौपानेले बताए । विदुर नगरपालिका १, २, ४ र ५ वडावासीले सरकारसँग मुआब्जा माग गर्दै आएका छन् । पछिल्लो समय पृथ्वीराजमार्गको धादिङ गल्छी हुँदै त्रिशूली‍–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी आयोजनाले मुआब्जा नदिएको उनीहरूको आरोप छ ।

उक्त सडक खण्डमा २०३४ सालको राजपत्रमा काठमाडौँ(त्रिशूली सहायक मार्ग तोकिएको र तत्कालीन अवस्थामा सडकले दायाँबायाँ चर्चेको जग्गा सरकारको नाममा जाने भन्ने व्यवस्थाका कारण मुआब्जा दिन नमिल्ने भनेर आयोजना पन्छिएको छ ।

मुआब्जाको लागि आयोजना, स्थानीय प्रशासन र प्रधानमन्त्री कार्यालय समक्ष भन्दा पनि कतैबाट सुनुवाइ नभएपछि बाध्य भएर जिल्ला बन्द गर्नुपरेको आयोजकले जनाएको छ ।