२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विस बैंक रकम प्रकरण सरकारले छानबिन गर्ने



अ+ अ-

काठमाडौं। स्विस बैंकमा ५५ नेपालीको शंकास्पद रकम रहेको बारेमा सरकारले छानबिन गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्विस बैंकमा पैसा रहेका भनिएका व्यक्तिमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

खोज पत्रकारिता केन्द्रले आईसीआईजेसँगको समन्वयमा गरेको खोजमा ५५ नेपालीले स्विस बैंकमा शंकास्पद रूपमा पैसा राखेको दाबी गरेको थियो ।

त्यस सम्बन्धमा सत्यतथ्य पत्ता लगाई छानबिन गर्न शुद्धीकरण विभागलाई निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालयको सम्पत्ति शुद्धीकरण तथा सुशासन हेर्ने महाशाखाले शुक्रबार सम्पति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्दै स्विस बैंकमा राखिएको पैसा र नेपालीका बारेमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । राजधानीबाट