२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियालाई फराकिलो अन्तरमा हराउँदै नेपाल फाइनलमा



अ+ अ-


काठमाडौं । नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि–२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो।

इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन्। ४ इन्डोनेसियन खेलाडी शून्यमा आउट भएका थिए।

इन्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान रूविना क्षेत्रीले ३ ओभर बलिङ गर्दै २ मेडनसहित २ रन खर्चिएर ३ विकेट लिइन्। यस्तै सीता राना मगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनाएको थियो।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। ६२ बल खेलेकी उनले १ चौका प्रहार गरेकी थिइन्।
यस्तै इन्दु बर्माले नटआउट ३७ रन बनाइन्। ३३ बल खेलेकी उनले २ चौका प्रहार गरेकी थिइन्।
ओपनर काजोल श्रेष्ठले १४ रन बनाउँदा नेरी थापा ५ रना आउट भइन्। कप्तान रूविनाले २ रन बनाइन्।

समूह चरणमा सतप्रतिशत जित निकालेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग खेल्नेछ।