२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० वर्षदेखि फरार अभियुक्त पक्राउ



अ+ अ-

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई हिजो प्रहरीले पक्राउ गरेको छ ।

हत्याको अभियोगमा फरार रहँदै आएका पर्सा छिपहरमाई गाउँपालिका–२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो ।

विसं २०५५ साउन २४ गते भएको हत्यामा कानु संलग्न भएको भन्दै जिल्ला अदालत पर्साले उनलाई पक्राउ आदेश जारी गरेपछि उनी फरार रहँदै आएका थिए ।

हत्याका अभियोगी कानु घरमै लुकी बसेको सूचनाका आधारमा कारवाही गर्दा उनलाई घर नजिकैबाट पक्राउ गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

पक्राउ परेका कानुलाई आजै पर्सा जिल्ला अदालतमा उपस्थित गराई आवश्यक अनुसन्धानका लागि म्याद बुझेको प्रहरीले जनाएको छ । समाचार राजधानी दैनिकमा छ ।