काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।
गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उनको उपचार थालिएको थियो ।
पुनसँगै रहेकी उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्ती का अनुसार उपचार सुरू गरेको चौथो दिनमा स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको छ ।
पूर्वअर्थमन्त्री पुनको उपचारमा ३ दर्जन भन्दाबढी चिकित्सक र नर्सको टोली खटिएका छन् ।
उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका छन् ।












