२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौने २ करोडसहित कर्मचारी फरार



अ+ अ-

काठमाडौं । मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७३ लाख रुपैयाँ लिएर भागेका छन्। तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत उनी मंसिर २५ गतेदेखि सम्पर्कविहिन छन्।
प्रमुख मालपोत अधिकृत लालकृष्ण पौडेलकाअनुसार आन्तरिक लेखापरीक्षणमा रकम बेरुजु देखिएको छ। मंसिर ६ गते आन्तरिक लेखा परीक्षणको कार्यालयले रकम दाखिलाको पत्र पठाएको थियो । खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।
त्यही दिन मालपोतले दर्जीको नाममा एक हप्ताभित्र रहम दाखिला गर्न भन्दै पत्र काटेको थियो। ‘तर, पाँच पटकसम्म पत्र काट्दा पनि भुक्तानी गर्न नसकेपछि आन्तरिक लेखा परीक्षक कार्यालयबाटै २४ घण्टाभित्रै दाखिला गर्नू भनी मंसिर २० गते पत्र आयो’ पौडेलले भने, त्यसपछि दर्जीले दुई दिन बिदा लिए।
मंसिर २४ गते मात्रै कार्यालमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार कारवाही भोग्न तयार छु भनेर सनाखत गरेर जानुभएको छ।’ पौडेलका अनुसार उक्त सनाखत पत्रमा अन्य कुनैको संलग्नता नरहेको र होसहवासमै आफैले खर्च गरेको समेत स्पष्ट पारेका छन्। ‘तर, मंसिर २५ गतेबाटै सम्पर्कमा नआएपछि दर्जीको खोजी भइरहेको छ।’ उनले भने।