२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त



अ+ अ-

काठमाडौं । दुरसंचार प्रदायक संस्था नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अधिकारी टेलिकमकै दशौं तहका कर्मचारी हुन् ।

मन्त्रिपरिषदकाे बैठकले अधिकारीलाइ नियुक्त गरेकाे हाे ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवकाे अध्यक्षतामा रहेकाे समितिले यसअघि तीन जनाको नाम सिफारिस गरेकाे थियाे । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएकोमा डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको थियाे ।

कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि यो पद चार महिनादेिख रिक्त थियाे ।

टेलिकम्युनिकेसन इन्जिनियर अधिकारी हाल १० तहमा छन् । उनी खुल्ला प्रतियाेगिताबाट १० तहमा बढुवा भएका थिए । उनीभन्दा संगीता पहाडी ४,५ वर्ष वरिष्ट रहेकाे टेलिकम स्राेतले जनाएकाे छ ।

मन्त्री बास्काेटाका अति निकट मानिएका अधिकारी २०५७ मा सात तहमा सेवा प्रवेश गरेका थिए । उनी अहिले एमडीकै कार्यकक्षमा प्राविधिक सल्लाहकारका रूपमा गत भदाैदेखि कार्यरत छन् ।