२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडी खरिद प्रकरणको छानबिनमा राजनीतिक पूर्वाग्रह राखियो: नेकपा



अ+ अ-

काठमाडौं । वाइडबडी खरिद प्रकरणको छानबिन उपसमितिको प्रतिवेदनमा नेकपा सांसदहरुले प्रश्न उठाएपछि सार्वजनिक लेखा समिति निणृय लिन सकेन ।

नेकपाको संसदहरुले उपसमितिले गरेको छानबिनमा राजनितिक पूर्वाग्रह राखिएको हुनसक्ने आशंका गरेपछि बैठकले निर्णय लिन नसकेको हो । विमान खरिदमा भ्रष्टाचार भएकोमा सबैको सहमत देखिएपनि पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलाई गरिएको कारबाही सिफारिसमा नेकपा सांसदहरुले प्रश्न उठाएको हो ।

उपसमितिका संयोजक मात्र होइन, उपसमितिमा रहेका नेकपाकै सांसदहरुले त्यसको खण्डन गरे । छानबिन गर्दा जे देखियो, त्यही लेखेको उनीहरुले बताए ।

नेकपाका सांसद अमनलाल मोदी र सूर्यपाठकले तीन मन्त्रीलाई एउटै सिफारिस गर्नुपर्ने बताए । साथै अनियमितताको मेन डिजाइनर वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार भएको भन्दै गृहसचिव राईलाई उकास्नलाई समान कारबाही सिफारिस गरिएको भन्दै सांसद पाठकले असहमति जनाए ।