२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीभन्दा अपराधी प्रविधि प्रयोग गर्न सिपालु भएकाले काम गर्न गाह्रो छ: सर्वेन्द्र खनाल



अ+ अ-

रौतहट । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना प्रविधिको अभावमाकाम गर्न बाधा पुगेको बताएका छन् ।रौतहटको गौरमा सीसी क्यामेराको उद्घाटन गर्दै उनले अपराध नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्न प्रविधिको अभावमा कठिन भएको बताएका हुन् ।

अपराधी प्रहरी भन्दा पनि सिपालु भएका कारणले बिभिन्न नया-नयाँ प्रविधिको प्रयोग गरेर टाढैबाट घटना गराउने गरेकाले प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्ने महानिरीक्षक खनालको जोड थियो ।

केही प्रहरी कर्मचारीको बदमासीका कारण सिङ्गो संगठनलाई बदनाम हुने भएकाले बदनाम गराउने खराब प्रहरीलाई संगठनबाट हटाउने कार्यको थालनि भएको उनले बताए ।

नराम्रो गर्नेहरु प्रहरीमै नरहने भन्दै महानिरीक्षक खनालले नागरिकको जीउधन र सुरक्षाका लागि खटने प्रहरी नराम्रो हुन नहुने बताए ।