२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडी खरिदबारे अहिले बोल्दिन, पछि बोल्छु– पर्यटनमन्त्री अधिकारी



अ+ अ-


काठमाडौँ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले आफूलाई वाइड बडी जहाज खरिदमा दोषी देखाएर लेखा समितिले प्रतिवेदन दिएपछि त्यस विषयमा अहिले आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन् ।

यस प्रकरणमा आफ्नो संलग्नताबारे आफूले अहिले नै केही नबोल्ने प्रतिक्रिया उनले दिएका हुन् । भैरहवामा रहेका मन्त्री अधिकारीले त्यहाँका पत्रकारले गरेको अन्तर्वार्ताको प्रयासमा यस्तो बताएका हुन् । लेखा समितिको छानबीन उपसमितिले भ्रष्टाचारमा उनको संलग्नता नै किटान गरेको छ । उनलाई कारबाही गर्न सो उपसमितिले निर्देशन नै दिएको छ । त्यस घटनामा आफूले अहिले नै केही नबोल्ने भनी पर्यटन मन्त्री अधिकारीले बताएका भैरहवाबाट न्युजपोलारका समाचारदाताले बताएका छन् । उक्त उपसमितिले आज सो प्रतिवेदन बुझाएपछि उनको विरुद्धमा सामाजिक सञ्जालमा व्यापक मात्रामा विरोध आएको छ ।

आफूले आवश्यक परे पछि बोल्ने उनको प्रतिक्रिया थियो । अधिकारीले वाइड बडी विमान भ्रष्टाचारमा आफ्नो संलग्नता देखिएमा आफूले मन्त्रीबाट राजिनामा दिने मात्र होइन कि राजनीतिबाट सन्यास लिने केही समयअघि एक अन्तर्वार्तामा बताएका थिए ।
नेपाल वायु सेवा निगमले एयरबस कम्पनीका दुई वटा वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको निष्कर्षसहित संसदीय उपसमितिले प्रतिवेदन तयार पारी आज बुझाएको छ । उपसमितिले बुधबार प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहलाई बुझाएको छ ।




भर्खरै