२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई खेलकूद पोशाक वितरण



अ+ अ-

गलकोट । विद्यालयको वार्षिकोत्सवको अवसरमा यहाँको एक विद्यालयले विद्यार्थीलाई खेलकूद पोशाक वितरण गरेको छ । बागलुङ नगरपालिका–५ मालिकामा रहेको कृष्ण आधारभूत विद्यालयको ५८औंँ वार्षिकोत्सवको अवसरमा खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्ययन गर्ने ६७ जना विद्यार्थीलाई रु ७० हजार बराबरको खेलकूद पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताउनुभयो ।

विद्यालयले देउसी भैलो खेलेर सङ्कलन गरेर निर्माण गरिएकोे आर्थिक कोष र विद्यालय प्रेमीले विद्यालयमा स्थापना गरेको अक्षयकोषको ब्याजवापतको रकमबाट खेलकूद पोशाक वितरण गरिएको सापकोटाले बताउनुभयो ।

पछिल्लो समयमा विद्यार्थीलाई पढाइसँगै खेलकूदतर्फ आकर्षित गराउन खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा हालै विद्युतीय हाजिरी मेसिन र सुझाव पेटिकाको व्यवस्था समेत गरिएको छ । चार कक्षासम्म अङ्ग्रजी माध्यमबाट पढाइ भइरहेको स्कुलमा प्रोजेक्टरको माध्यमबाट अध्यापन गर्न थालेपछि पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्न थालको छ ।

बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले विद्यालय आधुनिक प्रविधिमैत्री बन्दै अगाडि बढेकाले नमूना विद्यालय बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
रासस




भर्खरै