२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको २९ औँ प्रधानन्यायाधीशका रुपमा राणाले लिए सपथ



अ+ अ-

काठमाडौँ : नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बुधबार बिहान सपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार बिहान आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

त्यस समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललगायत मन्त्री, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।

राणा मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका हुन् । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्र मङ्गलबार अवकाश लिएका हुन् । राणाले नेपालको २९औँ प्रधानन्यायाधीश बन्ने अवसर पाएका छन् ।

पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उनको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका राणा विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गर्नुभयो ।

राणाले विसं २०५३ वैशाखमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम शुरु गरेका थिए ।

राणा विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त भएका हुन् । उनले आजै सर्वोच्च अदालतमा पुगी पदभार ग्रहण गर्ने छन् । उनको कार्यकाल चार वर्षको हुनेछ ।




भर्खरै