२५ जेष्ठ २०८३, सोमबार
,
Latest
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलनजिकै हवाई कारबाहीमा २५ तालिबान लडाकू मारिए



अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी काबुलबाट करिब ३५ किलोमिटर पश्चिममा रहेको पूर्वी प्रान्त वार्दाकमा अफगान हवाई सुरक्षा अधिकारीहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा २५ तालिबान लडाकू मारिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

वार्दाक प्रान्तको सेयेद अबाद जिल्लामा आइतबार भएको हवाई कारबाहीको क्रममा २५ लडाकू मारिएका मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा परी विभिन्न चार प्रदेशका स्थानीय तालिबान कमाण्डर मारिएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । हवाई कारबाहीको क्रममा सो लडाकू समूहका छ सवारी साधन र तीन मोटरसाइकल पनि ध्वस्त भएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको तालिबान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

रासस