२५ जेष्ठ २०८३, सोमबार
,
Latest
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कर्मचारीलाई नियन्त्रणमा राखेर तानाशाही व्यवहार देखायो: देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वको सरकारले कर्मचारीलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।

मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेसले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले कर्मचारीमाथि नियन्त्रण गरेर देश चलाउनु सरकार अधिनायकवाद तिर लागेको भान हुने बताएका छन् । उनले सरकार तानाशाही तिर जान खेजेको भन्दै चिन्ता समेत ब्यक्त गरेका हुन् ।

त्यसैगरी उनले पुलिस र सेनामा हस्तक्षेप नेकपाले गरेको र न्युट्रल ब्युराक्रेसी कायम गर्न नसकेको आरोप लगाएका हुन् । उनले यसरी सबै कर्मचारी माथि हस्तक्षेप गर्नु अधिनायकवादी सोचको सुरुवात भएको जनाएका छन् ।

हालको केपि सरकारले लोकतन्त्रविरोधी काम गरिरहेको भन्दै देउवाले आफूहरु अहिले पनि मेलमिलापको पक्षमा रहेको बताए । ‘मेलमिलाप नीतिमा कांग्रेस हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ’ उनले भने ‘हामी मेलमिलाप चाहन्छौं । तर सरकार तानाशाही व्यवहार देखाउँदैछ ।’

महासमिति बैठकले पारित गरेको नयाँ विधानअनुसार नेपाली कांग्रेस पूर्ण समावेशी पार्टी बनेको बताउँदै उनले अब महिला, दलित, आदिबासी लगायत उत्पीडित क्षेत्रको सदस्यता बढाउनुपर्ने बताए ।