२५ जेष्ठ २०८३, सोमबार
,
Latest
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपीलाई दुई वटा मात्र सवारी साधन : प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज कुमार श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)का लागि २ वटा मात्रै सवारी साधन प्रयोगमा रहेको बताउनुभएको छ ।

विभिन्न संचार माध्यममा सशस्त्र प्रहरी महानिरीक्षकले ८ वटा सवारी साधन प्रयोग गरेको भनी प्रकाशित गरेपछि उनको यो स्पष्टिकरण दिएका हुन् । नेपाल समचारपत्र दैनिकमा समाचार छापेको छ ।

श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालसँग रहेका सवारी साधनहरु विभिन्न सुरक्षा प्रयोजनमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय एवं सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरुले प्रयोग गर्ने गरेको बताए ।

त्यस्तैे समाचारमा प्रकाशित सवारी साधनहरु मध्ये एउटा सवारी साधन सुरक्षा प्रयोजनको लागि र अन्य ५ वटा सवारी साधनहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सवारी शाखा मातहतका रहेको भन्दै श्रेष्ठले विज्ञप्ति जारी गरेका छन् ।

साथै उनले ती सवारी साधनहरु आवश्यकता अनुसार सरकारी कामका लागि प्रयोग हुने गरेको उनले बताए ।