२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा उच्च अङ्कको वृद्धि



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज ६ दशमलव ४१ बिन्दुले बढेर २५८ दशमलव ८२ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार २ दशमलव ५५ विन्दुले बढेको छ ।
सरकारले गठन गरेको पूँजीबजार सम्बन्धी कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया शुरु भएका कारण शेयर बजारमा समेत उच्च अङ्कको वृद्धि भएको अनुमान गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ संयोजकत्वको कार्यदल गठन गर्नुभएको थियो ।

सो कार्यदलले केही दिन पहिले मात्रै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनको प्रक्रिया नेपाल राष्ट्र बैंकले अगाडि बढाएको छ । प्रतिवेदन कार्यान्वय प्रक्रिया शुरु भएपछि बजारमा त्यसको सकारात्मक प्रभाव परेको बताइन्छ ।

स्टककाअनुसार आज कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर रु ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भएको छ । आज कारोवार भएका सबै उपसमूहको शेयर वृद्धि भएको छ । त्यसमा बैंकिङ १८ दशमलव ५४, व्यापार १३ दशमलव ६९, होटल ६५ दशमलव ६२, विकास बैंक २० दशमलव ६९, जलविद्युत् १९ दशमलव ३४, वित्त ८ दशमलव १२, निर्जीवन बीमा २४५ दशमलव शून्य ६, उत्पादन १९ दशमलव दुई, अन्य १५ दशमलव ८७, माइक्रोफाइनान्स ५० दशमलव २१, र जीवन बीमा ४४३ दशमलव ५ बिन्दुले उकालो लागेको छ । रासस

 




भर्खरै