२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्ली हात्तीको आतङ्क



अ+ अ-


बर्दिवास । महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रको चुरे काछका बासिन्दा जङ्गली हात्तीको आतङ्कले आजित भएका छन् । जिल्लाको बर्दिवास नगरपालिकामा पर्ने चुरे काछ (चुरे पहाडको फेदी) का बासिन्दा लगातार जङ्ली हात्ती बस्तीमा पसेर उत्पात मच्चाइ रहेपछि आजित भएका हुन् ।

पछिल्लो पटक मङ्गलबार राति तीनवटा जङ्गली हात्तीले बर्दिवास–५ सोनापेटीका विमान थिङ, चेरुका विष्णु ढुङ्गेल, गणन्ताका साने श्रेष्ठ र ढुङ्ग्रेका निर्मल दर्लामीको घर भत्काएको छ । मध्यरातपछि समूहमा बस्ती पसेको हात्तीले केराका थाम, पाखाबारीको मकै, बन्दाकोबी, पूmलकोबी र अरहर ९रहरी० लगायतका बाली उखेलेर, लडाएर नोक्सान गरेका चेरु बस्तीका सामाजिक कार्यकत्र्ता तिलक कार्कीले जानकारी दिनुभयो ।

हात्तीको समूह बिहान झिसमिसेमा सघन वनक्षेत्र पसेका चेरुका बासिन्दाले बताएका छन् । यसअघि लाग्दो पुसमै बस्ती पसेका हात्तीले बर्दिवास–१ को भब्सी, चिहानडाँडा र गालटारमा तीनवटा गोठ भत्काएको थियो । पछिल्ला तीन वर्षयता तीनवटाकै सङ्ख्यामा केही दिनको फरकमा बस्ती पस्ने गरेका हात्तीको समूहले बर्दिवास–३ का पर्साहीधाप, रजवास, कालापानी, पाटु र वरडाँडामा गतदशैँ पर्वको बीचमै पाँचवटा घर भत्काएर बालीनाली माडीमैदान पारेको थियो ।

वर्षेनी जङ्गली हात्तीको बस्ती प्रवेशले यहाँका सर्वसाधारण त्रसित भएका छन् । पछिल्ला तीन वर्षयता बस्ती पस्ने गरेका हात्तीको सङ्ख्या तीनवटै देखिनाले उनै हात्ती घुम्दैफिर्दै यहाँ पस्ने गरेको बुझिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । चुरे पर्वत शृङ्खला छेउछाउ हुँदै विचरण गर्ने गरेको हात्ती केही वर्ष पहिलेदेखि नै चितवन निकुञ्ज क्षेत्रबाट बिच्किएर निस्किएका हुनसक्ने इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले बताउनुभयो ।

पछिल्लो पटक हात्ती बस्ती पसेपछि बर्दिवास नपाका चुरे काछका बासिन्दा राति पालेपहरा बसेर आफ्नो घरबारी र बालीनाली सुरक्षा गर्न पर्ने टुङ्गोमा पुगेका छन् । इप्रका बर्दिवासका प्रनाउ पोखरेलले हात्ती पसेको जानकारी पाउनासाथ तिनलाई लखेट्न स्थानीयवासीको सहयोगमा प्रहरी परिचालित गरिने बताउनुभयो । रासस