२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमा कुङफु टोली थाइल्याण्ड प्रस्थान



अ+ अ-

काठमाडौँ । सातौं विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली आज थाइल्याण्डको फुकेट प्रस्थान गरेको छ ।

यही पुस १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नौ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् । अन्तर्राष्ट्रिय कुङफु महासङ्घ (आइकेएफएफ) को आयोजनामा हुने प्रतियोगितामा कमल मगर, चिराग पौडेल, आयुव घिमिरे, अरायोन राई, सन्र्दौय गुरुङ, जीवन गुरुङ, गोविन गुरुङ, सुनबहादुर तामाङ र सियाङ तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा सुकमान लामा, व्यवस्थापकमा भूपेन्द्र गुरुङ तथा अफिसियलमा रमेश महर्जन र मोतीप्रसाद अधिकारी छन् । अध्यक्ष लामाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै प्रतियोगिता दौरान हुने आठौं अन्तर्राष्ट्रिय उसु कल्चर एक्सचेन्ज कन्फ्रेन्समा पनि सहभागिता जनाउने छन् । अध्यक्ष लामा आइकेएफएफ नेपाल च्याप्टरका अध्यक्ष समेत हुन् ।

टोलीलाई नेपाल उमा कुङफु सङ्घका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक एवं आइकेएफएफ नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राई र उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय स्वर्ण विजेता मुन्नी सुवेदीले आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।