२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी उचालेर आन्दोलन गराएपछि घन्टाघर तनावग्रस्त



अ+ अ-

वीरगञ्ज । प्रधानाध्यापकको सरुवाको बिषयलाई लिएर विद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शन आज पनि जारी रहेको छ । बिरोध प्रदर्शनले गर्दा आज दास्रो दिन पनि वीरगञ्ज घन्टाघरको अवस्था तनावपूर्ण बनेको छ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीले लाठी लिएर प्रदर्शन गर्नुको साथै सडक वरपर रहेको रेलिङ र भैतिक संरचनाको तोडफोड गरेपछि प्रहरीले लाठी चार्ज गरेको प्रहरीले जनाएको छ । महानगरपालिकाको विरोधमा चर्को नाराबाजी गर्दै विद्यार्थीहरूले गरेको प्रदर्शनले वीरगन्ज बजारको जनजिवन प्रभाबित भएको छ ।

वीरगन्ज महानगरपालिकाले आठ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सरुवा एकै पल्ट गराउन लागेपछि वीरगञ्जका बिद्यार्थीहरु रुस्ट बनेका हुन् ।

प्रअको सरुवा फिर्ता गर्नुपर्ने विद्यार्थीहरूको अडान रहेको छ। राम्रो आयस्रोतको रूपमा मानिएका माध्यमिक विद्यालयका सरुवामा परेका प्रधानाध्यापकहरूले विद्यार्थीहरूलाई उचालेर आन्दोलन गराएको आरोप सामाजिक सञ्जालदेखि वीरगञ्ज महानगरले  यस अघि नै लगाउदै आएका थिए ।