२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तलाबाट नाफा कमाउन भण्डारण गृह



अ+ अ-

गलकोट । यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गर्नका लागि भण्डारण गृह निर्माण गरेका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन गरेको सुन्तला भण्डारण गृहमा राखेर चैत– वैशाखमा महङ्गोमा बिक्री गर्दै आउनुभएको छ । तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्र्तगतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा उहाँले भण्डारण गृह निर्माण गर्नु भएको हो ।

“अहिले सुन्तालाको बजार मूल्य प्रतिकिलो रु ६० पर्छ, दुई महीनापछि प्रतिकिलो रु १५० को दरले बिक्री गछौँ,” उहाँले भन्नुभयो । भण्डारण गृहमा १० टनसम्म सुन्तला भण्डारण गर्न सकिन्छ । सुन्तलाको गुणस्तरका आधारमा छुट्टाछुट्टै राख्न मिल्छ । “बेमौसममा सुन्तलाको माग अत्यधिक हुन्छ, त्यसैले भण्डारण गृह निर्माण गरेको हुँ,” खड्काले भन्नुभयो । माटो, बालुवा र गिटीबाट निर्माण गरिएको भण्डारण गृहमा चार महीनासम्म सुन्तला भण्डारण गर्न सकिन्छ ।

सुन्तला भण्डारणका लागि भण्डारण गृह निर्माण गर्ने लहरै चलेको छ । बिऊका पशुपति कँडेल, भुकण्डेका सोमबहादुर थापा, रेशका चित्रबहादुर कार्की, दमेकका मणिभद्र सापकोटालगायतले भण्डारण गृह निर्माण गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले बागलुङको काठेखोला गाउँपालिकाको बिऊ र बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डेलाई सुन्तला जोनमा समावेश गरेको छ । रासस