२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वर कलङ्की सडक मर्मत अवधि शुरु



अ+ अ-

ललितपुर । कोटेश्वर कलङ्की सडकखण्ड निर्माण सकिएपछि आगामी एक वर्षसम्म मर्मतका लागि चिनियाँ कम्पनी सङ्घाई निर्माण सेवा समूहको मर्मत गर्नुपर्ने अवधि शुरु भएको छ । उक्त सडक निर्माणको ठेक्का पाएकोे सो कम्पनीको यही पुस १ गतेदेखि मर्मत अवधि शुरु भएको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ ।

उक्त सडकखण्ड निर्माणका लागि सरकारसँग गरेको सम्झौताको म्याद यही डिसेम्बर १५ सकिएकोे इञ्जीनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । आगामी एक वर्षसम्म यो सडकमा कुनै पनि समस्या आउँदा मर्मतको काम ठेकेदार कम्पनीले नै गर्नेछ । उहाँले भन्नुभयो, “सडक कतै भत्कने कतै कालोपत्रे उक्कनेलगायत कुनै पनि समस्या आउँदा ठेकेदार कम्पनीले नै समाधान गर्नुपर्छ ।”

चिनियाँ सरकारको आर्थिक सहयोगमा उक्त कम्पनीले ४० महीनाभित्र निर्माण गर्ने गरी सम्झौता भएकामा भूकम्प र नाकाबन्दीले काम ठप्प भएकाले सरकारले यो वर्षसम्मका लागि समय बढाएको थियो ।

नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकको कलङ्कीमा जाम नहुने र ‘अण्डर पास’का कारण सुविधाजनक मानिएको छ ।

यो सडक निर्माण हुनासाथ चीन सरकारले कलङ्कीबाट महाराजगञ्जसम्मको सडक निर्माणमा समेत चासो देखाएको छ । सडक विभागले अहिले यो सडकको सम्भाव्यता अध्ययन गरिरहेको छ । रासस