२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, ओली तनावमा



अ+ अ-

 

 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा)सँग भेटवार्ता गर्ने भएका छन् । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । उक्त बैठकमा राजापाले सरकारलाई दिएको समर्थन फिर्ता लगायतको विषयमा केन्द्रित रहने स्रोतले बताएको छ । आफुलाई दिएको समर्थान फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले सो दलका नेताहरुलाई विहानै १० बजे बालुवाटार बोलाएका हुन् ।

बालुवाटारमा हुने बैठकमा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्न प्रधानमन्त्री ओलीले राजपाका अध्यक्ष मण्डललाई आग्रह गर्ने बालुवाटार स्रोतले जनाएको छ। संविधान संशोधनको बिषयमा ठोस निर्णय नहुदाँ पनि नेकपा नेतृत्वको सरकारलाई राजपा नेपालले मुद्दाको आधारमा‌ बाहिरबाट समर्थन गरिरहेको छ।

तर, दुई तिहाई बहुमतले बनेको सरकार गठन भएको एक वर्ष हुनै लाग्दा पनि आफुहरुले राखेको माग प्रति सरकारले कुनै चासो नलिएको भन्दै राजपाले समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको हो।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रधानमन्त्रीले छलफल गर्न बोलाएकोले राजपा अध्यक्ष मण्डल बालुवाटार जान लागेको जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटघाट लगत्तै आज नै १ बजे पार्टी मुख्यालयमा‌ अध्यक्ष मण्डलको बैठक बस्ने महतोले बताएका हुन् ।