२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको विदेश भ्रमण मोह, एक करोड रुपैयाँ सकियो



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमणको क्रममा एक करोड २० लाख २४ हजार ७ सय ७५ रुपैयाँ खर्च गरेका छन् । गत कार्तिक १२ देखि १५ गतेसम्म चार दिने भ्रमणका क्रममा राज्य कोषबाट उक्त रकम खर्चेको स्रोत खुलाएको हो । खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा हुने भएको छ ।

कतारका अमिरको मैत्रीपूर्ण निमन्त्रणामा कार्तिक १२–१५, २०७५ सम्म प्रतिनिधिमण्डलको नेतृत्व गरेर कतार पुगेका उनको भ्रमणको खर्च, भ्रमण खर्च नियमावली, २०६४ वमोजिम व्यवस्थापन गर्ने गरी परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति तथा प्रधानमन्त्रीले गर्ने औपचारिक भ्रमणमा १० जनासम्मको सम्पूर्ण खर्च सम्बन्धीत देशले व्यहोर्ने गर्छ भने बाँकीको स्वयंले गर्नुपर्ने हुन्छ । तर उक्त भ्रमणमा ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डल कतार पुगेकाले २७ जनाको भ्रमण खर्च नेपालले नै व्यहोर्नु पर्ने भएको हो ।