२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा फेड अध्यक्षलाई हटाउन चाहेको अमेरिकी सञ्चार माध्यमको भनाइ



अ+ अ-


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिकी मन्त्रीपरिषद्का सदस्यसँग अमेरिकी केन्द्रीय बैंकका जेरोम पावेललाई बर्खास्त गर्ने कानूनी प्रावधानबारे ‘अनौपचारिक एवम् गोप्यरूपमा’ जानकारी लिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपतिको सहमति विपरित फेडरल बैंक ९फेड० ले बैंकको ब्याजदर बढाएपछि ट्रम्पले यस बिषयबारे जानकार सरकारी अधिकारीसँग राय लिएको अमेरिकी सञ्चारमाध्यम सीएनएन र ब्लुमवर्गद्वारा शनिबार प्रशारण गरिएका समाचारमा जनाइएको छ । फेडले आगामी बर्ष पनि ब्याज बढाउने सङ्केत गरेपछि ट्रम्प बैंकका अध्यक्षसँग क्रुद्ध बनेका समाचारमा बताइएको छ । बैंकले यसै बर्षमात्र तेस्रो पटक ब्याजदर बढाएपछि ट्रम्प बैंकका प्रमुखसँग चिढिनुभएको छ ।

यद्यपि अमेरिकी ट्रिजरी सेक्रेटरी स्टेभन मनुचिनले ट्रम्पलाई उद्धृत गर्दै पावेललाई हटाउने कुनै योजना नरहेको बताउनुभएको छ ।

“मैले कहिल्यै पावेललाई हटाउन सुझाब मागेको छैन, न त्यसो गर्ने अधिकार ममा रहेको विश्वास नै छ,” मनुचिनले ट्वीटरमार्फत ट्रम्पको प्रतिक्रियालाई उल्लेख गर्नुभयो ।

पावेललाई कार्यकाल पूरा नगरिकन हटाउन खोज्नुलाई अमेरिकी संविधानले स्वतन्त्र अख्तियार दिएको फेडमाथिको प्रत्यक्ष राजनीतिक हस्तक्षेप हुने र विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रका लागि प्रमुख भूमिका खेल्ने शक्तिशाली संस्थाप्रति नकारात्मक सन्देश जानसक्ने सञ्चारमाध्यमहरूले बताएका छन् । फेडमाथिको हस्तक्षेपले अन्तराष्ट्रिय स्टक बजारमा समेत अस्थव्यस्तता सिर्जना गर्नसक्छ ।

ट्रम्पको आक्रमक व्यापार नीतिले अमेरिकी डलरलाई विश्वका अन्य मुद्रासँग मजबुत बनाएको र यसले अमेरिकालगायत विश्वव्यापी आर्थिक विकासमा कमी ल्याउने र अर्थबजारलाई कमजोर पार्ने बताउने गरिएको छ ।
गत शुक्रबार वाल स्ट्रिट ९अमेरिकी शेयर० बजारमा तेस्रोपटक प्रत्यक्ष महशुस हुनेगरी गिरावट देखिएको थियो । अमेरिकी शेयर बजारमा गत साता विश्वव्यापी वित्तीय सङ्कटका समय अर्थात् सन् २००८ पछिकै नराम्रो प्रभाब परेको थियो ।

अमेरिकी केन्द्रीय बैंक अध्यक्ष पावेललाई जानेट यलेनको उत्तराधिकारीका रूपमा यसै बर्षको फेब्रुअरीमा चार बर्षका लागि जिम्मेवारी दिनुभएको थियो ।

गत मङ्गलबार ट्रम्पले फेडलाई ब्याज बढाएर ‘अझ अर्को गल्ती’ नगर्न चेतावनी दिनुभएको थियो ।

ट्रम्पले अमेरिकी राष्ट्रपतिद्वारा फेडप्रतिको परम्परागत स्वतन्त्रतामाथि वेवास्था गर्दै उक्त संस्थालाई ‘उन्मादी’ र ‘नियन्त्रण बाहिर’ रहेको जनाउँदै यो अमेरिकी अर्थतन्त्रका लागि चीनभन्दा ठूलो खतरा बनेको आरोप लगाउनुभएको थियो ।

सञ्चारमाध्यमहरूले ट्रम्पको पछिल्लो भनाइबारे जानकारी लिन गरेको प्रयासमा फेडका प्रवक्ता तत्काल उपलब्ध भएनन् । रासस