२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटालाई हराए लिग च्याम्पियन बन्ने मनाङ



अ+ अ-

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेको छ । अब बिहीबार संकटा बिरुद्द हुने खेलका उसलाई पाखा लगाए दुई खेल अगाडि नै उपाधि रक्ष गर्नेभएको हो ।

लिगको १०औं खेलसम्म पनि नहारेको एक मात्र कल्ब मनाङले आइतबार विभागीय टोली पुलिसलाई १–० गोलले हराएको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मनाङका एक मात्र गोल खेलको ५२औं मिनेटमा अडेलजा सोमिडेले गरे हुन् ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा भने गोल खान पुग्यो । मनाङले अन्तिम समयसम्म आफ्नो अग्रतालाई कायमै राख्दा पुलिसले भने गोल गर्ने राम्रो अवसर खेर फालेका थिए ।

मनाङको शतप्रतिशत जित सहित ३० अंक भएको छ भने लिगको दोस्रो स्थानमा रहेको संकटाको १० खेलबाट २५ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको २३ अंक रहेको छ ।