२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका पत्रकारिता पुरस्कार प्रदान



अ+ अ-

बागलुङ ।  कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’ बाट नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि किरण आचार्य र रेडियो नेपालका कोपिला कँडेल पुरस्कृत हुनुभएको छ ।

आज आयोजित पुरस्कार समारोहमा बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले आचार्य र कँडेललाई जनही रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कालिका भगवती मन्दिरको प्रवद्र्धनमा योगदान पुर्याएबापत पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
पुरस्कार ग्रहणपछि बोल्दै पत्रकार कँडेलले पत्रकारितामा थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य पाठकले पुरस्कारले पत्रकारलाई उत्प्रेरणा थप्ने उल्लेख गर्नुभयो । रासस