२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तला उत्पादन बढ्ने



अ+ अ-

चितवन । जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रुखका आधा सुन्तला टिप्न बाँकी रहेको छ ।
कृषि ज्ञान केन्द्र भरतपुरका बागबानी अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष हावाहुरी, असिना पानीलगायतका कारण सुन्तलामा असर परेको छैन । यससँगै उत्पादनसमेत राम्रो रहेको छ ।
यस वर्ष जिल्लामा सुन्तला लगाइने क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादन र उत्पादकत्वमा समेत बढेको छ । यस वर्ष २५४ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको उहाँले बताउनुभयो । दुई हजार ४०० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । गत वर्ष २४४ हेक्टरमा लगाइएको सुन्तला खेतीबाट दुई हजार २०० मेट्रिक टन उत्पादन भएको थियो ।
थापाले गत वर्ष उत्पादकत्व प्रतिहेक्टर नौ मेट्रिक टन रहेकोमा यस वर्ष सो बढेर १० पुग्ने अनुमान गरिएको बताउनुभयो । जिल्लाको इच्छाकामना गाउँपालिका–२ को दाहाखानी, काउले, दारेचोक, चाण्डिभञ्ज्याङ्गलगायतका क्षेत्र सुन्तलाको पकेट क्षेत्र हो । व्यावसायिक रुपमा सुन्ताला खेती गर्ने किसानको सङ्ख्या ३०० रहेको छ । एक जना कृषकले सुन्तला बिक्रीबाट रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ ।
यहाँ उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरालगायत देशका विभिन्न शहरमा निर्यात हुने गरेको छ । रासस