२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राविधिक शिक्षा सञ्चालनको अनुमति प्राप्त



अ+ अ-

 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परिषद् बैठकबाट भएको निर्णयअनुसार उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालन गर्ने नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकालाई बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न बैठकले अनुमति दिएको हो । बैठकले आगामी शैक्षिक सत्रबाट सञ्चालन हुने गरी वन विज्ञानमा डिप्लोमा तहलगायत अन्य विषयको पूर्वाधार निर्माणका लागि काम अगाडि बढाउन अनुमति दिने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षा सञ्चालनका लागि तुलसीपुर टेक्निकल कलेज स्थापनालाई जोड दिएको थियो । उपमहानगरपालिकाले कलेज सञ्चालनका लागि वडा नं १२ को हरिपौरीमा जग्गासमेत भाडामा लिइसकेको छ । रासस