२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी



अ+ अ-

गलकोट । बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।
विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

यसका लागि आयोजनाले केही दिन अघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरसहितको बैठक राखेर छनोटमा परेका स्थानीय तह र गर्नुपर्ने कामको बारेमा जानकारी गराएको नगरप्रमुख पौडेलको भनाइ छ । पौडेलका अनुसार गण्डकी प्रदेशका बागलुङलगायत तनहुँको शुक्लागण्डकी, ब्यास र स्याङ्जाको पुतलीबजार नगरपालिका आयोजना सञ्चालनको लागि छनोटमा परेका छन् । आयोजनाले सूचक तय गरी बजेट बाँडफाँट गर्दा प्रति नगरपालिका करीब रु ७०–८० करोडको बजेट प्राप्त गर्नसक्ने नगरप्रमुख पौडेलले बताउनुभयो ।
बागलुङ नगरपालिकाको रिङरोडको रुपमा परिचित सडक यही आयोजनाको पहिलो चरणमा निर्माण भएको थियो । आयोजनाबाट प्राप्त हुने बजेट नगरपालिकाका गौरवका आयोजनामा खर्च गर्न सक्ने नगरप्रमुख पौडेलले बताउनुभयो ।
विश्व बैंकमार्फत नेपाल सरकारले प्रदान गर्ने अनुदान रकमलाई हरेक नगरपालिकाको जनसङ्ख्या, क्षेत्रफल, पूर्वाधारको अवस्था, लागतलगायतका सूचक राखेर बजेट बाँडफाँट गरिने आयोजनाले जनाएको छ । रासस