२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल, डिजेल र मट्टीतेलकाे प्रतिलिटर मूल्य २ रूपैयाँ घट्यो



अ+ अ-

काठमाडौँ –  सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।

नेपाल आयल निगमको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रूपैयाँका दरले घटाएकाे निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर हुनेछ ।  निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको उहाँले जानकारी गराउनुभयो ।

यसैगरी निगमले निगमको डिपो, बिक्री केन्द्रदेखि १५ किलोमिटर भित्र लागू हुने क्षेत्रभित्र पनि नयाँ मूल्य तोकेको छ । जसअनुसार झापा, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगञ्ज, अमलेखगङ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको १०८ रुपैंयाँ ५० पैसा, डिजेल र मट्टीतेलको ९५ रुपैंयाँ ५० पैसा तथा पोखरा र दाङका लागि पेट्रोल १०९ रुपैंयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको ९६ रुपैंयाँ ५० पैसा नयाँ मूल्य तोकेको छ ।

निगमले चालू आर्थिक वर्षको केही महीनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगि निगमलाई अध्यधिक घाटा भए पनि पछिल्लो १५ दिनमा भने नाफासमेत मिलाउँदा पनि अझै करीब रु तीन अर्ब २६ करोड घाटा भएको जनाएकाे छ ।




भर्खरै