२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट चार न्यायाधीशलाई सम्मान



अ+ अ-

काठमाडौँ । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दोसल्ला ओढाइ उत्कृष्ट छनोट हुनुभएका न्यायाधीशलाई सम्मान गर्नुभयो ।

सम्मानित न्यायाधीशमा विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ, जिल्ला न्यायाधीश महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेल र डडेलधुराका न्यायाधीश चन्द्रमणि ज्ञवाली रहनुभएको छ ।

सो अवसरमा प्रधानन्यायाधीश मिश्रले न्याय परिषद् बुलेटिनको विमोचन गर्नुभएको थियो । समारोहमा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का पदाधिकारी, मुख्य रजिष्ट्रार, मुख्य न्यायाधीश, न्यायाधीश, सचिव र नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसी तथा पदाधिकारीको उपस्थिति थियो । रासस